सरोकारवालासंग अन्तरक्रिया

सरोकारवालासंग अन्तरक्रिया

तिलक नेपाली, उर्लाबारी

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ६ मा आइतबार बालअधिकारको सवालमा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

युवा जागरण नेपालको आयोजना तथा पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा वडा नं. ६ को कार्यालय सभाहलमा भएको कार्यक्रममा वडा अध्यक्ष जय बहादुर तामाङले औपचारीक सत्रको उद्धाटन गर्दै अब वडा नं. ६ लाई बालमैत्री वडा घोषणाको तयारी लागी आवश्यक निती नियम, र सयंन्त्र निर्माण गरेर अघि बढ़ने उद्घोष गरेका छन् । सरोकारवालाहरुलाई वडामा बालअधिकारका बिषयमा भएका घटनाहरु र गर्नु पर्ने जुनसुकै कुरा वडालाई सल्लाह सुझाब र जानकारी गरिदिनु हुन समेत तामाङले अनुरोध गरेका छन् ।

चालु आ. ब. मा बालबालिका क्षेत्रमा कार्य गर्न १ लाख बिनीयोजन भई यस वर्ष वडा बाल संजाल गठन, तालिम, गोष्ठी, लगायत अतिरिक्त कार्यक्रमका लागि युवा जागरण नेपालसंग सम्झौता गरि कार्यक्रम भईरहेको समेत तामाङले बताए।

वडाका जनप्रतिनिधी, राजनैतिक दल, बाल संजाल, बिधालय, स्वास्थ्य चौकी, प्रहरी प्रशासन, सामाजिक संघ संस्थाका प्रतिनिधीहरु् लगायत ३० जना सरोकारवालाहरुको उपस्थितीमा भएको कार्यक्रममा युवा जागरण नेपालका अध्यक्ष अर्जुन बास्तोलाले सहजीकरण गरेका थिए ।


सम्बन्धित खवर