१ करोड २५ लाखमा बन्यो स्वास्थ्य चौकी उत्तरी मोरङ हजारौं लाभान्वित हुने

१ करोड २५ लाखमा बन्यो स्वास्थ्य चौकी उत्तरी मोरङ हजारौं लाभान्वित हुने

हरि कोइराला, लेटाङ

समयमा स्वास्थ्य केन्द्र पु¥याउन नसक्दा उत्तरी मोरङको भोगटेनीका धेरै जना सुत्केरी आमाले ज्यान गुमाउनु प¥यो । साना तिना स्वास्थ्य समस्या त कति भोगे, कति भोगे भोगटेनीबासीले ।

मोरङ जिल्ला भन्ना साथ औषत नेपालीले समथर भूभागको कल्पना गर्छन् । मोटर बाटो, स्वास्थ्य, शिक्षा र विजुलीको सहज पहुँच पुगेको ठाउँ सम्झछन् । तर मोरङका गाउँहरू साल देखि लालीगुराँस सम्म फूल्ने भूगोल भित्र पर्छन् । शुक्रबार लालीगुराँस फूल्ने मोरङको भूगोल भित्रको विकट गाउँ भोगटेनीमा प्रतिनिधि सभामा मोरङ १ का सांसद घनश्याम खतिवडाले सुविधा सम्पन्न स्वास्थ्य चौकीको उद्घाटन गनुभयो ।

स्थानीय चन्द्रबहादुर राई र सिंहबहादुर राईले ३÷३ रोपनी जग्गा निशुल्क दान गरेपछि स्वास्थ्य चौकी निर्माण गरिएको हो । स्वास्थ्य महाशाखाको १ करोड २५ लाख रुपियाँ सहयोगमा २०७३ साल चैत १० गते निर्माण सुरु भएको स्वास्थ्य चौकी महा शाखाले गत चैत १६ गते नगरपालिकालाई हस्तान्तरण गरेको हो । हाल लेटाङ नगरपालिकाको वार्ड नं.१ मा पर्ने सिंगो साविक भोगटेनी गाविस जिल्लाको पहाडी भेगमा पर्छ । स्वास्थ्य चौकीमा ६ जना दक्ष जनशक्ति रहेका छन् ।

लेटाङ नगरपालिकाको वार्ड १ र केरावारी गाउापालिकाको वार्ड २ का ७ हजारले स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा पाउने सिनियर अहेव तेजनारायण शर्माले बताउनु भयो ।



सम्बन्धित खवर