१ नम्बर प्रदेशमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, ३ घाइते

१ नम्बर प्रदेशमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, ३ घाइते

१ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका १२ कालीझोडामा शनिवार बेलुका सवा ६ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे ९ प १७८४ र विपरित दिशाबाट आउँदै गरेको मे ४ प ८१८६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाईकलमा सवार रहेका ३ जना घाईते भई उपचारको लागि बिर्तामोड स्थित बि. एण्ड. सी. अस्पताल पठाईएकोमा मे ४ प ८१८६ नम्बरको मोटरसाईकल चालक मेचीनगर नगरपालिका १४ दुवागढी बस्ने वर्ष ४१ को अर्जुन सुनुवारको उपचारको क्रममा बेलुका ६ः४० बजे मृत्यु भएको हो ।

अर्का मोटरसाईकल चालक ईलाम देउमाई नगरपालिका ३ बस्ने वर्ष २९ को प्रेम बहादुर मगर र पछाडी सवार सुनसरी ईटहरी उप–महानगरपालिका नयाँ बसपार्क बस्ने बर्ष १७ की आषिका मगर घाइते भई सोही अस्पतालमा उपचार भईरहेको छ भने सुनसरीको रामधुनी नगरपालिका १ शिव चोकमा मोटरसाईकलले साईकलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार १ जनाको मृत्यु भएको छ । अपरान्ह ४स्३५ बजेको समयमा पश्चिमबाट पूर्व आउँदै गरेको को २० प २६१८ नम्बरको मोटरसाईकलले रामधुनी नगरपालिका ४ रामपुरा बस्ने बर्ष १५ को निराजन चौधरीलाई ठक्कर दिँदा साईकलयात्री सहित मोटरसाईकल चालक ईटहरी १६ बस्ने बर्ष २४ को सुर्य चौधरी र मोटरसाईकलको पछाडीसवार निजको आमा बर्ष ५२ की भाबोदेवी चौधरी घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी चौधरीलाई उपचारको लागि निजको छोराले गोल्डेन हस्पिटल विराटनगर लगेकोमा उपचारको क्रममा अपरान्ह ५ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साईकलमा सवार अर्का घाइते निराजनको झुम्का स्थित मोडन क्लिनिकमा उपचार भईरहेको छ । मोटरसाईकल र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर