काँकडभिट्टाबाट काठमाडौं हिडेको बस त्रिसुलीमा खस्यो, ७ जनाको मृत्यु

काँकडभिट्टाबाट काठमाडौं हिडेको बस त्रिसुलीमा खस्यो, ७ जनाको मृत्यु

धादिङ–धादिङको गजुरी गाउँपालिका ६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दा ७ जनाको मृत्यु भएको छ । चार जनाको घटनास्थलमा र ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षकी सीता थपलिया, काठमाण्डौ थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, कन्याम इलामका २० वर्षका विशाल गिरी र धादिङका राजन आचार्यको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै प्रकाश श्रेष्ठ, शेखर मगरको परिचय खुले पनि ठेगाना खुलेको छैन ।

घाइते मध्ये १७ जनाको काठमाण्डौको ट्रमा सेन्टर तथा अन्यको धादिङको गुजरी र जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन ।

सम्बन्धित खवर