काठमाण्डौ–ह्वील चेयर कप टी २० क्रिकेटको फाइनल खेलमा पाकिस्तानले भारतमाथि नाटकीय जित हासिल गरेको छ । शनिबार कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले हराएको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा दुई सय १० रनको शानदार योगफल तयार पारे पनि जितको लागि पर्याप्त भएन । भारतका लागि शौरभ मलिकले अविजित रहँदै ६२ बलको मद्दतमा एक सय ४ रन बनाए । त्यस्तै निकुल प्रजापतिले अविजित रहँदै ३३ बलको मद्दतमा ६३ रन बनाए ।
पाकिस्तानका लागि सईद अरसलन अहमद र अदनन निशारले समान एक÷एक विकेट लिए । दुई सय ११ रनको लक्ष्य पाकिस्तानले १९ दशमलव ३ ओभरमा पाँच विकेटको क्षतिमा भेट्यायो । ५५ रनको अवस्थामा चार विकेट गुमाएको अवस्थामा पाकिस्तानले उत्कृष्ट पुनरागमन गर्दै जित हात पार्यो । पाकिस्तानको जितमा मुहम्मद लतिफ एक्लैले अविजित रहँदै ६८ बलमा एक सय ५६ रन बनाए । भारतका लागि सौरभ मलिकले दुई विकेट लिए । त्यस्तै विश्वनाथ गुरव र परशुराम देसालेले एकरएक विकेट लिए ।