बुुद्धको देशमा अशान्ति छाउँदा दुःखित छु ः सुयर्माराज राई

बुुद्धको देशमा अशान्ति छाउँदा दुःखित छु ः सुयर्माराज राई

पथरी, आज २५६३ औँ बुद्ध जयन्ती देशैभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । मोरङको पथरीमा पनि साङ्ग छ्योइलिङ गुम्वाले पनि विविध कार्यक्रम गरेर मनाएको छ । सोही कार्यक्रमको प्रमुख आतिथ्यता गर्न आइपुगेका प्रदेश सांसद सुयर्माराज राईले आफु दुःखित भएको बताए । उनले भने “बुद्ध जन्मेको हाम्रो देशमा अशान्ति छाउँदा म दुःखित छु ।”

राईले देशको हरेक क्षेत्रमा भइरहेको घटनाले आफुलाई असान्त र दुःखित तुल्याएको बताए । पछिल्लो समय पथरीमा नै भइरहेका श्रृङ्खलावद्ध घटनाले पनि आफुलाई दुःखित तुल्याएको उनले बताए । शान्तिका विश्व अग्रदुत मानिएका गौतम बुद्ध जन्मेको देशमा यस्तो अशान्ति हुन नहुने उनको तर्क थियो ।

गुम्बा समितिका अध्यक्ष दिलबहादुर पाख्रिनको सभाध्यक्षतामा भएको कार्यक्रमको विशिष्ट अतिथिहरुमा मोरङ क्षेत्र नं ३ की समानुपातिक सांसद कृष्णुमारी राई, पथरीशनिश्चरे नगरपालीकाका प्रमुख दिलिपकुमार राई, उप–प्रमुख यमुना विष्ट लगायत रहेका थिए ।

कार्यक्रममा नृत्य तथा गायन पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा सांसद कृष्णकुमारी राई, नगर उप–प्रमुख यमुना विष्ट वास्तोला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


सम्बन्धित खवर