स्वतन्त्र प्रेस विरोधी विधेयक कुनै हालत पास हुन दिदैनौँ ः देउवा

स्वतन्त्र प्रेस विरोधी विधेयक कुनै हालत पास हुन दिदैनौँ ः देउवा

विराटनगर, संसदमा पेस भएको स्वतन्त्र प्रेस विरोधी विधेयक कुनैपनि हालतमा पास हुन नदिने कांग्रेस सभापति शेर बहादुर देउवाले बताएका छन् । शनिवार विराटनगर विमानस्थलमा पत्रकारसंग कुरा गर्दै देउवाले यस्तो बताएका हुन् ।

सरकारले स्वतन्त्र प्रेस तथा मानवअधिकार नै कुण्ठित हुने गरी संसदमा ल्याएका कुनै पनि विधेयक पास हुनै नदिने बताए ।
उनले भने ,‘‘प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ भन्ने कांग्रेसको अडान हो । जर्बजस्ती गर्न खोजे संसदबाट कुनै पनि हालतमा पारित हुन दिदैँनौँ।’’

सोही क्रममा देउवाले सरकारले बजेट एकपक्षीय ढंगले ल्याए र विपक्षीको मागलाई सम्बोधन नगरे पनि विरोध गर्ने तर रेलिङ नभत्काउने बताए । ‘‘बन्द हड्ताल तोडफोडको नीति कांग्रेसको नभएको पनि देउवाले बताए ।

देउवाले कांग्रेसले सदनमा गरेको प्रस्तुति प्रभावकारी रहेको दाबी गरे । अदालत, मानवअधिकार, प्रेस काउन्सिलमा भएको हस्तक्षेपको विरुद्धमा कांग्रेस रहेको बताउँदै उनले सकारको कामकार्वाही हेर्ने हो भने डेढ वर्षमा केही नै नभएको टिप्पणी गरे ।


सम्बन्धित खवर