अमरदह ढल्के जोवन गोल्डकपमा इटहरी भेट्रान फाइनल प्रबेश

अमरदह ढल्के जोवन गोल्डकपमा इटहरी भेट्रान फाइनल प्रबेश

पथरी, प्रदेश स्तरीय तेस्रो अमरदह ढल्के जोवन गोल्डकपमा योङ ब्रदर्श इटहरी फाइनल प्रबेश गरेको छ । शुक्रबारको अन्तिम सेमिफाइनल खेलमा उर्लाबारी भेट्रानलाई ३–० गोल गर्दै इटहरीले फाइनल यात्रा पक्का गरेको हो ।

राष्ट्रीय खेलाडीहरु अनिल गुरुङ, आर्मीका टंक बुढाथोकी, थ्रि स्टारका बिजय धिमाल र बिक्रम लिम्बूका साथमा बुद्धि चेम्जोङ र अंगुर खड्का सहित मैदान प्रबेश गरेको उर्लाबारीलाईले इटहरीलाई निकै दवाबमा राखेको थियो । पटकपटक गरिएका प्रहारहरु गोलमा परिणत हुन नसकेपछि इटहरीका सामु उर्लाबारी निरिह बन्यो ।

खेलको ३० औं मिनेटमा योङ बदर्स इटहरीका तर्फबाट भोला राईले गोल गर्दै टिमको खाता खोलेका थिए । ईटहरीका लिला राज मगरले खेलको ३५ औँ मिनेटमा गोल गर्दै अग्रता दोबर पारे । पहिलो हाफ २–० को अग्रता लिएको ईटहरीले दोस्रो हाफको २३ औँ मिनेटमा तिर्थ बस्नेतले गोल गर्दै ३–० को अग्रता दिलाए ।

अवधिभर उत्कृष्ट प्रदर्शन गरेका उर्लाबारीका राष्टि«य खेलाडी र ए डिभिजनका खेलाडीले खेल अवधीमा कुनै गोल गर्न नसके पछि सेमीफाइनलबाट नै बाहिरिन बाध्य भयो ।

खेलमा उत्कृष्ट प्रदशन गर्दै एक गोल गरेका द योङ बदर्स ईटहरीका तिर्थ बस्नेत खेलको म्यान अफ द म्याच घोषित हुदै नगद ५ हजार र मेडल हात पारे ।

जेठ ७ गते हुने फाईनल खेल पुर्वाञ्चल भेट्रान दमक र द योङ बदर्स भेट्रान ईटहरीका बिच हुने छ । प्रतियोगीता बैशाख २१ देखि जेष्ठ ७ गते सम्म सुनबर्शी नगरपालिका २ अमरदहको बिरेन्द्र सार्वजनीक मा. वि. मा भइरहेको छ ।

१ नं. प्रदेशका १६ टिमले भाग लिएको प्रतियोगितामा ३० बर्ष पुगेका भेट्रान खेलाडीहरुले प्रतिस्पर्दा गरिरहेका छन्। प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ५१ हजारका साथ ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छ । खेलको आकर्षणका रुपमा रहेको १५० सिसिको पल्सरको भाग्यसाली बिजेताको घोषणा पनि लक्की ड्र मार्फत फाइनलकै दिन हुने आयोजकले जनाएको छ ।


सम्बन्धित खवर