शहीद भीमनारायण गोल्डकपमा एपीएफ च्याम्पियन

शहीद भीमनारायण गोल्डकपमा एपीएफ च्याम्पियन

धनकुटा–धनकुटामा जारी शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करणको उपाधि सशत्र प्रहरीको एपीएफ क्लबले जितेको छ । शुक्रबार भएको फाइनलमा दाउसिन्स क्लब क्यामरुनलाई पेनाल्टी सुटआउटमा ४२ ले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

खेलको ४४ औँ मिनेटमा क्यामरुनका यनिक ओवानाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ६० औ मिनेटमा क्यामरुनका ओको बोटाले एपिएफका खेलाडीलाई डि बक्समा फल गरेपछि एपिएफले पेनाल्टी पाएको थियो । उक्त अवसरलाई एपिएफका खेलाडी रबि थिङ्गले सदुपयोग गर्दै गोल गरे र आफनो टिमलाई ११ गोलको बराबरीमा पुर्याए ।

खेलमा आक्रमक रुपमा प्रस्तुत भएको क्यामरुनले डी बक्स नजिकै फ्रिकिकको मौका पायो । क्यामरुमका खेलाडीले पाएको मौका खेर जान दिएनन् । जर्सी नं ८ का निहाले प्रहार गरेको फ्रिकिक पेटाङ्गगाले गोलमा परिणत गरे र आफ्नो टिमलाई २१ गोलको अग्रता दिलाए । त्यस लगत्तै एपिएफका महेश लामाले गोल गर्दै आफ्नो टिमलाई बराबरीमा पु¥याए । निर्धारित समयमा खेल बराबरीमा रोकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

पेनाल्टीमा दाउफिन्सका पेटाङ्ग प्रिसोले मात्र गोल गरे भने एपीएफका हरि खत्री, रबि थिङ, घनश्याम ठाकुरले गोल गरेका थिए । म्यान अफ द म्याच एपीएफका सुमित आले मगर घोषित भए । त्यस्तै प्रतियोगिताको बेस्ट गोलरक्षक एपिएफका अमृत चौधरी, उत्कृष्ट खेलाडी एपिएफकै रबि थिङ्ग घोषित भए । उपाधी उचालेसँगै एपीएफले नगद चार लाख, मेडल र प्रमाण–पत्र हात पारेको छ भने उपविजेता क्यामरुनले नगद दुई लाख, मेडल र प्रमाण–पत्र प्राप्त गर्यो ।

सम्बन्धित खवर