सगरमाथा र मकालुमा २ जना भारतीय ज्यान गयो, १ जना बेपत्ता

सगरमाथा र मकालुमा २ जना भारतीय ज्यान गयो, १ जना बेपत्ता

सोलुखुम्बु – सगरमाथाको चौथो शिविरमा एक जनाको ज्यान गएको छ । बिहीबार सगरमाथा आरोहण गरेर फर्किएका भारतीय नागरिक रवि ठाकुरको बिहीबार राति सुतेकै ठाउँमा ज्यान गएको आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।आठ हजार मिटर उचाइमा रहेको चौथो शिविरमा अक्सिजन अभावले ज्यान गएको हुन सक्ने उनले बताए।

यस्तै संखुवासभाको मकालु हिमाल आरोहण सकेर फर्कदै गरेका अर्का भारतीय नागरिक नारायण सिंहको ज्यान गएको छ भने अर्का भारतीय नागरिक दीपशंकर घोष हराइरहेका छन् । रवि र नारायण भारतीय सैनिक रहेको बताइएको छ । उनीहरु सबै सेभेन समिट ट्रेक्स कम्पनीमार्फत आरोहणमा गएका थिए ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: