मन्टेसोरी तालिम सम्पन्न

मन्टेसोरी तालिम सम्पन्न

पथरी, मोरङको पथरीशनिश्चरे १० स्थित समृद्धि महिला समूहले प्रभावकारी बाल शिक्षण विधिको मन्टेसोरी तालिम सम्पन्न गरेको छ ।

वडाको महिला लक्षित कार्यक्रम अन्तर्गत १ लाख ५० हजार रुपैयाँले वडाका ३० जना महिलाका लागि १५ दिनको ६० घण्टे तालिम सञ्चालन गरिएको समूह अध्यक्ष मञ्जु ढकालले जनाउनु भयो ।

कार्यक्रम समापनका अवसरमा बोल्दै नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोला, कार्यपालिका सदस्य मैनादेवी आचार्य, वडा सदस्य अनोज घिमिरे, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल, नगर सूचना संयोजक भूपेन्द्र तिम्सिना सहितले अवको शिक्षण सिकाई बालमनोविज्ञानमा आधारित बालमैत्री हुनुपर्ने कुरामा नगरपालिकाले पनि जोड दिइरहेको बताउनु भयो । समाजसेवी युवराज वास्कोटाले मन्टेसोरी शिक्षण प्रणालीको महत्वका बारेमा बोल्नुभयो ।

यमुना रेग्मी तिम्सिनाले तालिमको सहजिकरण गर्नुभएको थियो ।


सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: