खोलिटारमा बन्नेभयो फूटबल खेल मैदान

खोलिटारमा बन्नेभयो फूटबल खेल मैदान

मिक्लाजुङ्ग, मोरङ्गको मिक्लाजुङ्ग गाउपालिका वडा नम्बर ५ खोलिटारमा फुटबल खेल मैदान बन्ने भएको छ । एक कार्यक्रमका बिच खोलिटार फूटबल खेल मैदानको निर्माण कार्य सुरु भएको छ ।

३० लाख बजेट का साथ निर्माणधिन खेल मैदान असार मसान्तसम्म सम्पन्न हुने योजना रहेको खेल मैदान समितीका उपाध्यक्ष मेघनाथ तामाङ्गले जानकारी दिए । खेल मैदान निर्माण मिक्लाजुङ्ग ५ का वडाअध्यक्ष रुद्र लिङ्देनबाट दियो कलश बाली शिलान्यास गरिएको समितीका सचिब बिकल श्रेष्ठले जानकारी दिए । मिक्लाजुङ्ग ४ र ५ का बुद्धिजीवीहरुको उपस्थिती रहेको र स्थानीय बासि खेल मैदान निर्माण प्रती उत्साहित रहेको समितिका अध्यक्ष वीर बहादुर राईले बताएका छन् ।


सम्बन्धित खवर