मोतिको माला बनाउने तालिम शुरु

मोतिको माला बनाउने तालिम शुरु

तिलक नेपाली,उर्लाबारी

सिप सिकौ,आत्मनिर्भर बनौ भन्ने उदेश्यका साथ महिला एकता आमा समुह उर्लाबारी ३ को आयोजनामा बुधबार देखी १५ दिने मोती तथा क्रिस्टलको माला बनाउने तालिम शुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै वडा नं ३ का वडा अध्यक्ष गंज बहादुर कार्कीले महिलाहरुलाई सिप सिकेर आत्मनिर्भर बन्न प्रेरित गर्न उर्लाबारी नगरपालिकाबाट चालु आर्थिक वर्षमा यसवडालाई रु. १ लाख बिनियोजन गरिएको बताउनु भएको छ । उर्लाबारी नगरपालिका वडा नं ३ बाट आमा समुह, दलित समुह, एकल महिला समुह लगायत बिभिन्न समुह बाट २/२ जना प्रतिनिधी गरी ३० जनालाई सो तालिम दिइरहेको छ ।

जेष्ठ १ देखि १५ गते सम्म उर्लाबारी ३ स्थित दुर्गा मन्दिरको सभाहलमा तालिम संचालन हुने उर्लाबारी ३ का वडा सदस्य सम्झना महतले बताउनु भयो । सहभागीलाई १५ दिनसम्म मोती माला बनाउन प्रशिक्षकहरु इन्दिरा पौडेल र अर्पणा भट्टराईले प्रशिक्षण गर्नुहुने उपोभोक्ता समितीकी अध्यक्ष इन्दु भट्टराईले बताउनु भएको छ।


सम्बन्धित खवर