ढल्के जोवन गोल्डकपको क्वाटर फाइनलका खेल सकिए, इटहरी भेट्रान सेमीमा

ढल्के जोवन गोल्डकपको क्वाटर फाइनलका खेल सकिए, इटहरी भेट्रान सेमीमा

पथरी, मोरङको सुनवर्षी २ अमरदहमा जारी प्रदेश स्तरीय तेस्रो अमरदह गोल्डकपमा क्वाटरफाइनलका खेलहरु सकिएका छन् । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा धरान भेट्रालाई १–६ गोलले हराउँदै इटहरी भेट्रान सेमी फाइनलमा प्रबेश गरेको छ ।

इटहरीले निकै दवावमा राखेको खेलमा १४ औँ मिनेटमा निर्मल तामाङले टिमका लागि गोलको खाता खोलेका थिए । २३ औँ मिनेटमा र ४० औँ मिनेटमा पून लिला मगरले गोल गरे । दोस्रो हाफको २ मिनेटमा नै इटहरीका भोला राईले गोल गर्दै टिमलाई ४ अंक दिलाएका थिए । खेलमा लिला मगरले १६ औँ मिनेटमा पूनः व्यक्तिगत तेस्रो गोल गर्दै टिमलाई ५ अंक दिलाएका थिए । खेलको २२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै भोला राईले दोस्रो गोल गरेपछि टिमले आधा दर्जन गोल पु¥याएको थियो ।

धरान भेट्रान केही समहालिएको दोस्रो हाफको ६ मिनेटमा गणेश लिम्बूले १ गोल गरेर टिमलाई सान्तवना दिलाए । खेलको म्यान अफ द म्याच योङ ब्रदर्श इटहरीका खेलाडी लिला मगर भए । उनले ३ गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । विहिबार देखि सेमी फाइनलका खेलहरु हुनेछन् ।

ढल्के जोवन युवा क्लवको आयोजनामा भइरहेको तेस्रो अमरदह ढल्के जोवन गोल्डकपको विजेताले २ लाख ११ हजार र उप विजेताले १ लाख ५१ हजार ट्रफि, मेडल र प्रमाण–पत्र पाउनेछन् । दोस्रो पुरस्कार प्रायोजन गरेको माउण्ट एभरेष्ट अंग्रेजी स्कुलका प्रमुख किरण थापाले रेर्फीलाई जर्सि प्रदान गरेका छन् । मुख्य रेर्फी तथा सहायक रेर्फीहरुलाई स्कुललका तर्फबाट १/१ थान जर्सी प्रदान गरेका हुन् ।

मुख्य आकर्षणको रुपमा रहेको १५० सिसिको पल्सरको टिकट पनि १ सयवटा बिक्री भएको आयोजकले जनाएको छ । रु १ हजार पर्ने टिकटको फाइनलको दिन लक्की ट्र मार्फत बिजेता घोषणा गरिने अध्यक्ष प्रताप तामाङले जानकारी दिएका छन् ।


सम्बन्धित खवर