पथरी, पूर्वी उत्तरी मोरङमा कार्यरत पत्रकारहरुले नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेक संशोधनको पहल गर्न कानून मन्त्री भानुभक्त ढकाललाई एसएमएस (म्यासेज) पठाएका छन् ।
समाचार लेख्ने पत्रकारलाई २५ हजारदेखि १० लाखसम्म र विज्ञापनमा ५ लाख तथा ५ बर्षसम्म कैद सजयसम्म जरिवाना हुने मिडिया काउन्सिललाई अधिकार सहितको विधेक सदनमा पेश भएपछि देशभरका पत्रकारहरुले आन्दोलनको घोषणा गरेका छन् । बुधबार नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हानमा देशभरका पत्रकारहरुले कालो पट्टी लगाएर काम गरिरहेका छन् ।
यसै अवसरमा पूर्वी मोरङका पत्रकारहरुले महासंघको पथरी सम्पर्क कार्यालयमा भेला भएर अन्तरक्रियाको आयोजना गर्दै मोरङ क्षेत्र नं. ३ का संघीय सांसद तथा कानून मन्त्री भानुभक्त ढकाललाई एसएमएस गरेर सदनमा पेश भएको विधेकको संसोधनको माग गर्दै म्यासेज गरेका हुन् । ढकालले निर्वाचन जितेको मोरङ ३ नम्बर क्षेत्रमा कार्यरत पत्रकारहरुले ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका प्रावधानप्रति संशोधन गर्न मोरङ ३ नम्बर क्षेत्रका संघीय सांसद तथा कानून मन्त्री भानुभक्त ढाकाललाई पहल गर्न अनुरोध गर्दछौ ।’ भन्ने एसएमएस गरेका हुन् ।
माहासंघ मोरङका सह–सचिव शन्तोष राईको सभापतित्वमा भएको कार्यक्रममा महासंघका केन्द्रीय पार्षद अर्जुन जम्नेली राई, प्रेस सेन्टर नेपालका १ नम्बर प्रदेस समितिका कोषाध्यक्ष मोहन भट्टराई, प्रेस चौतारी नेपाल मोरङका उपाध्यक्ष केदार चौहान, प्रेस युनियन मोरङका उपाध्यक्ष हरी कोइराला लगायतले बोलेका थिए ।
मिडिया विधेक पास भएमा कम्तिमा १० लाख तयार पारेर मात्र समाचार लेख्न बस्नुपर्ने र त्यो सर्वसाधरणको लागि सम्भव नहुने बताए । यो विधेक लागू भएमा ग्रामिण भेगका पत्रकारहरुलाई झनै गाह्रो हुने वक्ताहरुले बताए । यो समयमा सबैले साथ दिएर प्रेस स्वतन्त्रताको पक्षमा बोल्न बक्ताहरुले अनुरोध पनि गरेका छन् ।