कामिरिता शेर्पाले २३ औं पटक सगरमाथाको आरोहण गरेर नयाँ विश्व कीर्तिमान

कामिरिता शेर्पाले  २३ औं पटक सगरमाथाको आरोहण गरेर नयाँ विश्व कीर्तिमान

सोलुखुम्बु–सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिता शेर्पाले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका छन् ।

कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक २२ औं पटकको विश्वकिर्तिमानलाई तोडेका हुन्। ‘कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बुधबार बिहान ७ बजेर ५० मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेका छन्, पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताइन्।

उनको आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै ’यो राष्ट्रकै गौरवको कुरा’ भएको बताए्। सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन्।

सम्बन्धित खवर