फ्रेन्डस् क्लबलाई ३–० हराउँदै एपीएफ क्लब सेमिफाइनलमा

फ्रेन्डस् क्लबलाई ३–० हराउँदै एपीएफ क्लब सेमिफाइनलमा

धनकुटा–धनकुटामा सञ्चालन भइरहेको शहीद भीमनारायण गोल्डकप प्रतियोगिताको पहिलो चरणको अन्तिम खेलमा एपीएफ क्लब काठमाण्डौ विजयी भएको छ।

पहिलो चरण अन्तर्गत मंगलबार भएको अन्तिम खेलमा एपीएफले ३–० को अन्तरमा फ्रेन्डस् क्लब ललितपुरलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । पहिलो हाफको इन्जुरी समयमा एपीएफका १० नम्बर खेलाडी रवि थिङले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । उनले पहिलो हाफको ४५ औं मिनेटमा गोल गरेका थिए । खेल निक्कै प्रतिस्पर्धात्मक भए पनि फ्रेन्डस् क्लबको फितलो प्रर्दशनको फाइदा उठाउँदै एपीएफले सेमिफाइनलको बाटो तय गरेको हो ।

पहिलो हाफमा १–० को अग्रता लिएको एपीएफले दोस्रो हाफको ५ मिनेटमा रबि थिङले व्यक्तिगत गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।खेलको ३० औं मिनेटमा एपीएफका १५ नम्बर खेलाडी कमल दोङले अर्को गोल गर्दै टीमको जित सुनिश्चित गरे । खेलको म्यान अफ् द म्याच एपीएफका रवि थिङ घोषित भए ।

बुधबारको पहिलो सेमिफाइनल खेल वसन्ध्यावासिनी फुटबल क्लब मोरङ र दाउफिन्स फुटबल क्लब क्यामरुनबीच हुनेछ । प्रतियोगिताका विजेताले चार लाख र उपविजेताले दुई लाख नगद प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर