चिया उद्योगी र मजदुरबीच तीन बुँदे सहमति, आन्दोलन फिर्ता

चिया उद्योगी र मजदुरबीच तीन बुँदे सहमति, आन्दोलन फिर्ता

बिर्तामोड–आन्दोलनमा रहेका चिया मजदुरले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् ।४५ दिनदेखि आन्दोलनमा रहेका चिया मजदुर संगठन र नेपाल चिया उत्पादक संघबीच सोमबार तीन बुँदे सहमतीपछि मजदुरले आन्दोलन फिर्ता लिएका हुन्।

तीन बुँदे सहमतिमा सरकारले तोकेको श्रम ऐन (२०७४) अनुसार मजदुरलाई न्यूनतम ज्याला ३८५ सहित अन्य सेवा सुविधा दिने, सरकारले चालु आर्थिक वर्षदेखि श्रम ऐन लागु गरे अनुसारको तलब भुत्तान गर्ने र आन्दोलन अवधिभरको ज्याला ३० प्रतिशत दिने सहित मंगलबारदेखि उद्योग खोल्ने सहमति भएको नेपाल चिया बगान श्रमिक संघले जनाएको छ ।

झापामा साना किसानसहित २८ वटा चिया उद्योग रहेको छ। ती उद्योगमा ५० हजार बढी मजदुर कार्यरत रहेका छन्। ४५ दिनको आन्दोलनले करोड बढीको हरियो चियापत्ती नष्ट भएको छ भने २० करोड बढीको तयारी चिया उत्पादन हुने सकेको थिएन।

सम्बन्धित खवर