रतुवामाईमा चट्याङ पर्दा एक महिलाको मृत्यु

रतुवामाईमा चट्याङ पर्दा एक महिलाको मृत्यु

पथरी–हावाहुरीसँगै चट्याङ पर्दा मोरङको रतुवामाई नगरपालिका–४ स्थित कटघरामा एक महिलाको मृत्यु भएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार मंगलबार विहान हावाहुरीसंगै परेको चट्याङले लागेर ५० वर्षीय सन्जुदेवी गनगाई सिंहको मृत्यु भएको हो । विहान करिव १ बजे परेको चट्याङका कारण सिंहका परिवार सदस्य ५० वर्षका बुधलाल सिंह र १५ वर्षीय सुरेश सिंह घाइते भएका छन् ।

प्रहरीका अनुसार उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको थियो । सामान्य घाइते भएका दुवै जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित खवर