फाल्गुनन्द गाउँपालिकाको केन्द्र सारिएको विरोधमा कार्यालयमा तालावन्दी

फाल्गुनन्द गाउँपालिकाको केन्द्र सारिएको विरोधमा कार्यालयमा तालावन्दी

पाँचथर–गाउँसभा बाट पाँचथरको फाल्गुनन्द गाउँपालिकाको केन्द्र सारिएको विरोधमा आज फाल्गुनन्द गाउँपालिकाको कार्यालयमा पंचमीवासीले तालावन्दी गरेका छन् । भौतिक पूर्वाधारको असुविधा भएको,अपायक पर्ने ठाउँमा पालिका सारिएको भन्दै अहिले भएको घुर्विसे पंचमीमै पालिका राख्नुपर्ने भन्दै त्यस ठाउँका स्थानियले अहिले नारावाजी गर्दै आन्दोलन गरेका छन् ।

आज स्थानियले पंचमी बजार तथा त्यस ठाउँमा रहेका शिक्षण संस्थाहरु वन्द गराएका छन् । कुनै पनि हालतमा पंचमीमा केन्द्र नराखिए जस्तो सुकै आन्दोलन गर्न पछि नपर्ने स्थानिय तेजु चेम्जोङले बताए ।

सोमबार बसेको पालिकाको गाउँसभाले फाल्गुनन्द ५ को याम्बाबुङ तल र कोल्बुङ मास्तिर विचमा केन्द्र राख्नका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि वढाउने निर्णय गरेको गाउँपालिकाका योजना फाँटका प्रमुख राजेन्द्र भट्टराईले बताए। झण्डै एक वर्ष अघि मतदान गरी कोल्बुङ केन्द्रको पक्षमा १९ र पंचमी केन्द्रको पक्षमा १८ मत झरेको थियो ।

त्यपछि तत्कालिन संघिय मामिला तथा स्थानिय विकाश मन्त्रालयमा मुद्धा परेपछि कुनै पनि निर्णय अघि नगर्न भनेर उक्त मुद्धा बदर भएको थियो । यस्तै उच्च अदालत इलाममा परेको मुद्धा पनि अदालतले रिट खारेज गरेको थियो । त्यसपछि पालिकाको केन्द्र घुर्विसे पंचमी बाटै संचालन भइरहेको थियो ।

सम्बन्धित खवर