ढल्के जोवन गोल्डकपमा एपीएफ अघिल्लो चरण उक्लियो, तेह्रथुम पराजित

ढल्के जोवन गोल्डकपमा एपीएफ अघिल्लो चरण उक्लियो, तेह्रथुम पराजित

भीमराज अधिकारी, पथरी

तेस्रो अमरदह ढल्के जोवन गोल्डकपको सोमबारको खेलमा एपीएफ पकली अघिल्लो चरण प्रवेश गरेको छ । तेह्रथुम भेट्रानलाई ६–२ गोलको फराकिलो अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा एपीएफका तर्फबाट खेलको १० औँ मिनेटमा नै जर्सी नं. १० का विनोद लोपचनले गोल गर्दै टिलाई अग्रता दिलाएका थिए । फेरी १६ औँ मिनेटमा जर्सी नं. ७ का खेलाडी टिकाराम वि.काले गोल गरे । २६ औँ मिनेटमा १५ नं. जर्सीका दिपक पौडेलले गोल गरे । पूनः ४० र ४३ औँ मिनेटमा टिकाराम वि.कले गोल गरेर टिमलाई ५ अंक बनाएका थिए । पूनः दोस्रो हाफमा उक्तम कार्कीले गोल गरेर टिमलाई ६ अंक दिलाएपछि एपीएफ फराकीलो अन्तरले अगाडी बढेको थियो ।

दोस्रो हाफमा केही समहालिएको तेह्रथुमका जर्सी नं. ३ का खेलाडी वशन्त लिम्बूले ३० र ३५ औँ मिनेटमा गोल गरेर टिमलाई २ अंक दिलाउदै सान्तवना दिलाए । क्वाटर फाइनलका खेलमा सोमबार सम्ममा २ वटा खेल सकिएका छन् । मंगलबारको क्वाटरफाइनल खेल पूर्वाञ्चल भेट्रान दमक र सगरमाथा भेट्रान विराटचौक बिच हुने आयोजकले जनाएको छ ।


सम्बन्धित खवर