सामुदायिक बनभित्र धिमाल मृत अवस्थामा फेला

सामुदायिक बनभित्र धिमाल मृत अवस्थामा फेला

पथरी–मोरङको पथरीशनिश्चरे वडा नं. १० का कमल धिमाल मृत अवस्थामा फेला परेका छन । सोही वडाको पशुपती सामुदायीक वनको बागे सिमसार क्षेत्रमा घाँटीमा डोरी लगाएको अवस्थामा मृत अवस्थामा फेला परेका छन ।

मृतक धिमालको शव रहेको छेउको रुखमा समेत डोरी बाँधिएको छ । धिमाल २७ गते शुक्रबार बिहान देखि हराएको छोरा राजेश धिमालले बताए । बिरामी अवस्थामा रहेका बाबु बिहिबार राति सुतेको शुक्रबार बिहान हेर्दा नभएपछि प्रहरीमा जानकारी दिएका थिए ।

वनमा च्याउ खोज्न आउने शिविरका केही ब्याक्तीहरुले सडेको अवस्थामा नरिवलको डोरीले घाँटीमा बाँधेको अबस्थामा शव भेटेपछि प्रहरीलाई जानकारी दिएका थिए ।

सम्बन्धित खवर