पथरी, मोरङ्गको पथरी शनिश्चरेमा सम्पन्न नगर स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड तथा बिधालय खेलकुद प्रतियोगिताको उपाधी सिंह वाहिनी माध्यमिक बिधालयले जितेको छ।
प्रतियोगितामा सिंहबाहिनी मावि ६ स्वर्ण २ कास्य पदक सहित प्रथम भएको छ भने , ६ स्वर्ण १ कास्य पदक सहित जनता माविले द्वितीय स्थान हासिल गरेको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल र कपर्दी खेलहरू समावेश थिए । प्रथम स्थान हासिल गर्न सफल नगरको ९ नम्बर वडामा स्थापित सिंह वाहिनीको तर्फबाट रिले ४×४०० मिटरमा छात्रा तर्फ पविना मगर, लक्ष्मी राई, देवि पराजुली र प्रमिला मगरले स्वर्ण पदक दिलाए। त्यस्तै ४×४०० मिटर रिले दौडमा छात्रतर्फ रोमन माझी ,सनम मुडियारी ,सुवास राई र यादव दर्जीले स्वर्ण दिलाए। त्यसैगरि छात्रातर्फको ३ हजार मिटर दौडमा दिल कुमारी पौडेलले स्वर्ण पदक हात पारिन। ज्याभलिन थ्रो मा सुवास राई प्रथम हुँदै सिंह वाहिनीलाई स्वर्ण पदक दिलाए। त्यस्तै छात्रको २ सय मिटर दौडतर्फ रोशन माझीले थप एक स्वर्ण दिलाए। सिंहवाहिनीलाई छैटौं स्वर्ण भने लङ्ग जम्पमा पविना मगरले दिलाइन। सिंहवाहिनिलाई लङजम्पमा सनम मुडियारी र ट्रीपल जम्पमा बिष्णुमाया माझीले कास्य दिलाए।
एथलेटिक्सतर्फ १०० मिटर, २०० सय मिटर, ४०० सय मिटर , ८०० सय मिटर , १५०० सय मिटर तथा १००० मिटर रिले, ४०० मिटर रिले , शटपुट, जाभ्लिनथ्रोमा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा विजयी विद्यार्थीलाई राष्ट्रपति रनिङशिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता आयोजक समितिका सदस्य सचिव अर्जुनकुमार बुढाथोकी , नगर खेलकुद विकास समितिका संयोजक मणि लिम्बू , संचारकर्मी लगायतकाले पुरस्कार वितरण गरेका थिए । साथै ४ इभेन्टमा प्रथम हुने विद्यार्थीहरु जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि छनौट भएका प्रतियोगिता आयोजक समितिका सदस्य सचिव अर्जुनकुमार बुढाथोकीले जनाउनु भयो ।