बेलबारी नगरपालिकालाई प्लाष्टिक झोलामुक्त वनाउने उद्देश्यले सरसफाई अभियान सुरु

बेलबारी नगरपालिकालाई प्लाष्टिक झोलामुक्त वनाउने उद्देश्यले सरसफाई अभियान सुरु

बेलबारी–नगरवासीलाई सरसफाई र त्यसको प्रभावको वारेमा जानकारी दिदै नगरलाई प्लाष्टिक झोलामुक्त वनाउने उद्देश्यले बेलबारी नगरपालिकाले सरसफाई अभियान सुरु गरेको छ ।

अभियान अन्र्तगत बेलबारी नगरपालिका वडा नं २ को लोकमार्ग, चोक बजार तथा विभिन्न स्थानमा सरसफाई गरिएको छ । नगरपालिकाले आयोजना गरेको सफाई अभियानमा स्वतस्फुर्त रुपमा स्थानीयले सहभागिता जनाएका थिए। नगरपालिकाले नगरलाई प्लाटिक झोलामुक्त वनाउने योजना अनुसार प्रत्येक टोलमा सरसफाई अभियान संचालन गरिएको बेलबारी नगरपालिकाकी कार्यपालिका सदस्य खिना थापाले वताइन् ।

सम्बन्धित खवर