आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यमको सूचीकरण रद्ध हुने, अनलाइनलाई अबको १५ दिनभित्र दर्ता गर्न आग्रह

आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यमको सूचीकरण रद्ध हुने, अनलाइनलाई अबको १५ दिनभित्र दर्ता गर्न आग्रह

काठमाण्डौ–पत्रकार आचारसंहिता पालना नगर्ने अनलाइन सञ्चारमाध्यमको सूचीकरण रद्ध हुने भएको छ । प्रेस काउन्सिल नेपालको आचारसंहिता अनगमन उपसमितिको बैठकले बारम्बार सचेत गराउँदा पनि आचारसंहिता पालना गर्न अटेर गर्ने अनलाइन सञ्चारमाध्यमको अबदेखि सूचिकरण रद्ध गरिने निर्णय गरेको हो ।

साथै सूचीकरण भएका तर दर्ता नभएका अनलाइनलाई अबको १५ दिनभित्र सूचना तथा प्रशारण विभागमा दर्ता गर्न पनि काउन्सिलले आग्रह गरेको छ । १५ दिनभित्र दर्ता नगरे पनि सूचीकरण रद्ध हुने उसले स्पष्ट पारेको छ ।

यस्तै केही अनलाइन सञ्चारमाध्यमले विभिन्न नाममा समाजमा अफवाह, आतंक फैलाउने खालका सामग्री सम्प्रेषण गर्ने गरेको देखिएकोले त्यस्ता सञ्चारमाध्यमलाई सचेत गराउने र सचेत गराउँदा पनि अटेर गरे प्रचलित नियम÷कानुन तथा आचारसंहिता बमोजिम कारबाही अगाडि बढाउने निर्णय पनि काउन्सिलले गरेको छ ।

 

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले अनलाइन सञ्चारमाध्यमलाई विश्वसनीय बनाउन यस्तो निर्णय गरिएको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिए। (स्रोत–उज्यालो अनलाइन)   

सम्बन्धित खवर