रेडस्टारको बिदाइ कार्यक्रम

रेडस्टारको बिदाइ कार्यक्रम

पथरी, मोरङको पथरीशनिश्चरे–२ मा रहेको रेडस्टार अङ्ग्रेजी बोर्डिङ स्कुलले बिहीबार एक कार्यक्रमको आयोजना गरी कक्षा–१२को वार्षिक परीक्षा दिएका विद्यार्थीहरूलाई भव्यरूपमा बिदाइ गरेको छ ।

विद्यालयका निर्देशक÷प्रिन्सिपल टि.एन. तिम्सिनाको सभापतित्वमा भएको सो कार्यक्रममा विद्यार्थीहरूलाई अबिर, खादा तथा मायाको चिनोसाथ बिदाइ गरिएको थियो । संविधानसभा सदस्य सांसद् चण्डीप्रसाद राईको प्रमुख आतिथ्यता र नेपाल शिक्षक महासङ्घका केन्द्रीय उपमहासचिव दिननाथ तिम्सिनाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा रेडस्टार स्कुलले शैक्षिक उन्नयनमा पु¥याएको योगदानबारे समेत चर्चा गरिएको थियो । स्थानीय गोर्खा डिपार्टमेन्टको सभाहलमा भएको सो कार्यक्रमको सञ्चालन विद्यालयका शैक्षिक संयोजक गणेश विष्टले गर्नुभयो ।

बिदाइ कार्यक्रममा सूर्याेदय स्कुल दमककी म्याग्डेलिन सिंह, अरुणा राई, गीता बिक, मैनाकुमारी राईलगायतका अतिथिहरूको उपस्थिति थियो । सो अवसरमा विद्यालयका भाइस प्रिन्सिपल वसन्त मादेनले स्वागत मन्तव्य राख्नुभयो भने प्रतिनिधि विद्यार्थीले आ–आफ्ना धारणा राखेका थिए । रेडस्टारबाट यो वर्ष १ सय ४५ जना विद्यार्थीले व्यवस्थापन सङ्कायबाट कक्षा १२को वार्षिक परीक्षा दिएका छन् ।

यसअघि पनि रेडस्टार माविले शिक्षकको क्षमता विकास गर्नका लागि र सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउनका लागि शिक्षक केन्द्रित तालिमको आयोजना गरेको थियो ।

सम्बन्धित खवर