ढल्के जोवन गोल्डकपमा तेह्रथुम भेट्रान अघिल्लो चरणप्रवेश

ढल्के जोवन गोल्डकपमा तेह्रथुम भेट्रान अघिल्लो चरणप्रवेश

भीमराज अधिकारी, पथरी
प्रदेश स्तरीय तेस्रो अमरदह ढल्के जोवन गोल्डकपमा तेह्रथुम भेट्रान अघिल्लो चरण प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा आयोजक ढल्के जोवन युवा क्लव अमरदलाई टाइब्रेकरमा १–० गोल अन्तरले पराजित गर्दै तेह्रथुम क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलको निर्धारित समय ७० मिनेटमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा आयोजकका खेलाडी जर्सी नं. ११ का दिपेन गिरीको गोल तेह्रथुमका गोल रक्षक सन्जेन राईले उत्कृष्ट बचाउ गर्दै टिमलाई जित दिलाए । शुक्रबारको खेलमा सन्जेन नै म्यान अफ द म्याच घोषित भए ।

खेलमा आयोजक ढल्के जोवनले खेल अवधिभर नै दवावमा राखेपनि नतिजा तेह्रथुमलाई सुम्पिन बाध्य भयो । दर्जर्नै प्रहार गरेता पनि गोलमा परिणत हुन नसकेपनि अन्त्यमा नजिता सुम्पदै चित्त बुझायो ।

तेह्रथुमले हिलो हाफमा त्यति सम्हालिन नसकेता पनि दोस्रो हाफमा भने निकै प्रहारहरु पोसमा गरेको थियो । तर ति प्रहारलाई गोलमा परिणत गर्न सकेन ।

मोरङको सुनवर्षी २ आमरहको विरेन्द्र सार्वजनिक मा.विको खेल मैदानमा चलिरहेको प्रदेश स्तरीय तेस्रो अमरदह गोल्डकपको विजेताले २ लाख ११ हजार र उप विजेताले १ लाख ५१ हजार पाउने छन् ।

खेलको अर्को आकर्षणको रुपमा १५० सिसिको पल्सर मोटरसाइकल पनि रहेको छ । १ हजारमा टिकट काटेर सहभागी हुन पाइने सो चिठ्ठामा हाल सम्म ७० वटा टिक बिक्री भएको आयोजकले जनाएको छ । समूह चरणको अन्तिम खेल शनिबार एभरेष्ट क्लव भाउन्ने र धरान भेट्रान बिच हुने छ । बैशाख २१ देखि सञ्चालित खेल जेष्ठ ७ गते समापन हुने अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो ।


सम्बन्धित खवर