काँकडभिट्टा नाका हुँदै २३ जना महिलाको भारतबाट उद्दार, एजेन्ट लालबहादुर पक्राउ

काँकडभिट्टा नाका हुँदै २३ जना महिलाको भारतबाट उद्दार, एजेन्ट लालबहादुर पक्राउ

मानव तस्करको जालोमा फसेका २३ नेपाली महिलाको भारतको मिजोरमबाट उद्धार गरिएको छ । बर्मासँग सीमाना जोडिएको भारतको उत्तरपूर्वी राज्य मिजोरमबाट उद्धार गरिएका २३ महिलालाई आज झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको छ । उद्धार गरिएका २३ जना महिलालाई चार दिन लगाएर बसमार्फत काँकडभिट्टा नाका हुँदै शक्ति समूह, माइती नेपाल लगायतका संस्थाहरुको पहलमा नेपाल ल्याइएको हो ।

नेपालका विभिन्न जिल्लाबाट मानव तस्करको जालोमा फसेर भारत पुगेका ती महिलाहरुलाई स्थानीय नेपाली भाषी नागरिकको सुराकीको आधारमा भारतीय संघसंस्था र मिजोरम पुलिसले ६ दिन अघि उद्धार गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उप–सचिव कृष्णप्रसाद भुसालले जानकारी दिए ।

उद्धार गरिएकाहरुमा झापा सहित नेपालका विभिन्न जिल्लाका २० देखि ४५ उमेर समूहका महिला रहेका छन् । भारतीय प्रहरी स्रोतका अनुसार भारतीय नागरिक नेपाली भाषी एजेन्ट लालबहादुर भन्ने व्यक्तिले उनीहरुलाई सो स्थान पु¥याएको खुलेको छ । एजेन्ट लालबहादुरलाई पनि मिजोरम प्रहरीले पक्राउ गरिसकेको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: