आर्मीलाई पराजित गर्दै पुलिस पाथिभारा भलिबलमा च्याम्पियन

आर्मीलाई पराजित गर्दै पुलिस पाथिभारा भलिबलमा च्याम्पियन

ताप्लेजुङ–चिरपरिचित प्रतिद्धन्द्धी विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै अर्काे विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको च्याम्पियन बनेको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बिहीबार भएको उपाधि भिडन्तमा पुलिसले आर्मीमाथि ३–० को सोझो सेटमा जित निकाल्दै लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । पुलिस दोस्रो संस्करणमा पनि च्याम्पियन बनेको थियो ।

फाइनल खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएपनि खेल एकपक्षीय बनेको थियो । पुलिसले पहिलो सेट २५–१९ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो र तेस्रो सेट पनि पुलिसले २५–१७ र २५–१३ ले जित्न सफल भयो ।

च्याम्पियन बनेसँगै पुलिसले ३ लाख ५१ हजार ५ सय रुपैया पायो । दोस्रो भएको आर्मीले १ लाख ७६ हजार २ सय ५१ रुपैयाँमा चित्त बुझायो । सेमिफाइनलमा पराजित भएका एपीएफ र गण्डकी प्रदेशले समान ५०–५० हजार रुपैया प्राप्त गरे । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १५ हजार पाए । व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७ हजार रुपैयाँ पायो ।

मैवाखोला गाउँपालिकाको व्यवस्थापन र जलजले युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताका व्यक्तिगत पुरस्कार

सर्वाेत्कृष्ट खेलाडी – कुल बहादुर थापा (पुलिस)

स्पाईकर – धनबहादुर भट्ट (आर्मी)

सेटर – इम बहादुर राना (पुलिस)

डिफेन्डर – भीम गाहा (पुलिस)

सर्भर – विशाल विक (पुलिस)

ब्लकर – दिपकराज जोशी (पुलिस)

प्रशिक्षक – सरोज श्रेष्ठ (पुलिस)

 

सम्बन्धित खवर