पथरीमा डिएसपीका लागि पहल हुन्छ ः मुख्यमन्त्रि राई

पथरीमा डिएसपीका लागि पहल हुन्छ ः मुख्यमन्त्रि राई

भीमराज अधिकारी, पथरी
पछिल्लो समय जिल्लाकै असुरक्षित जस्तै मानिदै आएको मोरङको पथरी इलाकामा डिएसपी (प्रहरी नायव उपरिक्षक)को दरवन्दीकाक लागि पहल गरिने मुख्यान्त्रि शेरधन राईले बताउनुभएको छ । पथरी उद्योग वाणिज्यसंघले डिएसपी राख्नका लागि पहल स्वरुप बुझाएको ज्ञापन–पत्र बुझ्दै राईले सो कुरा बताउनुभएको हो ।

मुख्यमन्त्रि राइले पथरीको पछिल्लो घटनाक्रमले निकै असान्त रहेको बुझेकाले के कारणले यस्ता घटना भइरहेका छन् ? सो विषयमा स्थानीयले पनि गम्भिर रुपमा छलफल गरेर निराकरण तर्फ लाग्नुपर्ने सुझाउनु भयो । राइले भन्नुभयो “पथरीका विषयमा हामी गम्भिर छौँ । डिएसपीको दरवन्दीका लागि पहल गर्ने प्रतिबद्धता जनाउछु, तर त्यहाँका स्थानीयले बसेर यस्ता घटनाका विषयमा गम्भिर रुपमा छलफल गर्न आवश्यक छ । आगामी दिनमा यस्ता घटना हुन नदिन सबै लाग्न पनि आग्रह गर्दछु ।”

सोही क्रममा डिआइजी केदार रिजालले पथरीको घटना रिना मृत्यु प्रकरण, षडराज तामाङ मृत्यु प्रकरण, सो भन्दा अगाडीका शंकास्पद मृत्युका घटनालाई सुक्ष्म रुपमा हेरिरहेको बताउनुभयो । चाडैँ नै कोशी नदि देखि पूर्व काकडभिट्टा सम्म पूर्व पश्चिम राजमार्गमा सिसि क्यामेरा जडान गरेर सुरक्षा चुस्त पार्ने तयारी भएको पनि रिजालले बताउनुभयो । सोही क्रममा पथरीले पनि बजार क्षेत्रमा आफ्नो तर्फबाट पनि सुरक्षाका लागि लागि परेमा पथरीमा कुनै पनि घटना हुनबाट जोगिन सक्ने रिजालले बताउनुभयो ।

बुधबार वाणिज्यसंघको नेतृत्व गर्दै अध्यक्ष दीपक बस्नेतले मुख्य मन्त्रिलाई सो ज्ञापन–पत्र बुझाउनुभएको हो । संघले मुख्यमन्त्रि, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीलाई समेत ज्ञापन–पत्र बुझाएको छ । सो को बोधार्थ जिल्ला प्रशासन कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र पथरीशनिश्चरे नगरपालिकालाई समेत दिइएको संघका महासचिव अशोक कुमार राईले बताउनुभयो ।

ज्ञापन–पत्रमा रिना मृत्यु प्रकरणका विषयमा पनि छानवीन भइरहेको हुदाँ निष्पक्ष छानवीन गरी दोषीलाई कडा कार्वाही गर्न माग गरिएको छ ।

सम्बन्धित खवर