पथरीशनिश्चरेको जेठ ११ गते नगरसभा वस्ने

पथरीशनिश्चरेको जेठ ११ गते नगरसभा वस्ने

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकाको नगरसभा वैठक जेठ ११ गते वस्ने भएको छ ।

नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले चालु आर्थिक वर्षको अधिवेशनका रुपमा दोस्रो नगरसभा बैठक वस्ने सहितका निर्णयहरु गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

बैठकले, नगर क्षेत्रका मुख्य सडकहरुसँग जोडिएका सडकहरुको नामांकन सहितको नम्वर उल्लेख गर्ने, वडाको विकास तथा समन्वयमा सहजताका लागि टोल विकास समिति गठन गर्न कार्यविधि तयार गर्ने, गान्धिमनमोहन मार्ग क्षेत्रको सडक विस्तार एवम् स्तरोन्नतीका लागि भौतिक विकास पूर्वाधार कार्यालय विराटनगर र सम्वन्धित निकायमा अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

सम्बन्धित खवर