पथरी, मोरङको पथरीशनिश्चरे नगर क्षेत्रको सुरक्षा व्यवस्थापनमा सघाउन नगरमा जडान भएका सीसी टीभी क्यामेराहरुलाई नगरपालिका कार्यालयले मर्मत गर्ने भएको छ ।
नगर व्यवस्थापन सुरक्षा समितिका अध्यक्ष धनकुमार तामाङ अगुवाईको टोलीले आज सीसी क्यामेरा सम्वन्धमा नगरपालिकामा ध्यानाकर्षण गराएपछि नगर प्रमुख दिलिपकुमार राईले नगरपालिकाले त्यसको मर्मत गरिदिने वताउनु भयो । विग्रिएका ७ वटा सीसी क्यामेरा मर्मत गर्ने तथा आगामी आर्थिक वर्षमा थप क्यामेरा जडानमा नगरपालिकाले पहल गर्ने उहाँले जनाउनु भयो ।
सो समितिमार्फत ०७३ असारमा पथरी बजारमा ७ लाख ६२ हजार रुपैयाँमा ७ स्थानमा सार्वजनिक रुपमा सीसी क्यामेरा जडान गरिएको थियो । केही समय यता ती क्यामेरा विग्रिएको अवस्थामा छन् ।