ढल्के जोवन गोल्डकपमा विराटचोक भेट्रान अघिल्लो चरणमा, सि.भि.सि चन्द्रगढी पराजित

ढल्के जोवन गोल्डकपमा विराटचोक भेट्रान अघिल्लो चरणमा, सि.भि.सि चन्द्रगढी पराजित

सुमन श्रेष्ठ, अमरदह
प्रदेश स्तरीय तेस्रो अमरदह ढल्के जोवन गोल्डकपमा सगरमाथा भेट्रान विराटचोक अघिल्लो चरणमा उक्लिएको छ । सि.भि.सि भेट्रान चन्द्रगढी ४–० गोल अन्तरले पराजित भएको छ ।

विराटचोकका तर्फबाट चारवटै गोल दोस्रो हाफमा भएको थियो । जर्सी नं. ७ का टेक बहादुर लिम्बूले दोस्रो हाफको २ मिनेटमा नै गोल गरेर टिमको खाता खोलेका थिए । पूनः १० नंं. जर्सीका प्रेम बहादुर लिम्बूले १७ मिनेटमा १ गोल थपेर आफ्नो टिममा अंक दोब्बर बनाए । यस्तै २० मिनेटमा पूनः ११ नं. का खेलाडी खगेन्द्र खड्काले १ गोल थपे लगत्तै २१ मिनेटमा जर्सी नं. ७ का टेक बहादुर लिम्बूले पूनः व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई जित दिलाए ।

बुधबारको खेलमा २ गोल गर्न सफल विराटचोकका खेलाडी टेक बहादुर लिम्बू म्यान अफ द म्याच घोषित भए । खेल अवधिभर निरिह बनेको सि.भि.सि. चन्द्रगढी भने खाता खोल्न सकेन र खेलबाट बाहिरियो । खेलको १९ औँ मिनेटमा चन्द्रगढीका खेलाडी लक्ष्मी नारायण श्रेष्ठले पहेलो कार्ड पाएका थिए ।

विहिबारको खेल शसस्त्र प्रहरी बल पकली सुनसरी र लेटाङ भेट्रान मोरङ बिच हुने आयोजकले जानकारी दिएको छ । प्रदेश १ कै सबैभन्दा ठुलो धनराशीको तेस्रो अमरदह ढल्के जोवन गोल्डकप सुनवर्षी २ अमरदहमा रहेको विरेन्द्र सार्वजनिक मा.विको खेल मैदानमा बैसाख २१ गते देखि भइरहेको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: