ग्रिनभ्याली एकडेमीमा महिनाको एक दिन जातीय पोसाक

ग्रिनभ्याली एकडेमीमा महिनाको एक दिन जातीय पोसाक

इलाम–अंग्रेजी माध्यममा पढाइ हुँदै आएको सदरमुकामस्थित जिल्लाकै उत्कृष्ट निजी विद्यालय ग्रिनभ्याली एकडेमीले आफ्ना शिक्षक र विद्यार्थीलाई प्रत्येक महिनाको एक दिन आआफ्नो जातीय सांस्कृतिक पोसाकमा सजिएर विद्यालय उपस्थित गराउन थालेको छ ।

जातीय संस्कृति ओझेलमा पर्दै गएको र कतिपय संस्कृति लोप हुने अवस्थामा पुगिसकेकाले जातीय संस्कृतिलाई जगेर्ना गर्दै प्रवद्र्धन गर्न महिनाको एक दिन जातीय पोसाकमा विद्यालय उपस्थित हुन र सो दिन विद्यालयमा नेपालीमा बोल्न छुट दिइएको विद्यालयका प्रधानाध्यापक राजन माइकल गुरुङले जानकारी दिए । विद्यालयले २४ वैशाख मंगलबार जातीय पोसाक लगाएर विद्यालय आउने कामको सुरुवात गरेको छ ।

१ हजार २ सय जना विद्यार्थी रहेको ग्रिनभ्याली एकेडेमीका सय जना जति विभिन्न जातिका विद्यार्थीले पहिलो दिन नै आआफ्नो जातीय पोसाक लगाएर विद्यालय आएका थिए । प्रधानाध्यापक गुरुङसहितका शिक्षक शिक्षिका र कर्मचारीले समेत जातीय पोसाक नै लगाएका थिए ।विद्यालयका कोअर्डिनेटर सञ्जीव प्रधानले आपूmसहित स्टाफ र कतिपय विद्यार्थीले आआफ्नो संस्कृति झल्कने जातीय पोसाक लगाएर विद्यालय आएको बताए ।

सम्बन्धित खवर