प्रदेश २ मनमोहन मेमोरियल यू १६ राष्ट्रिय क्रिकेट च्याम्पियन, सुवास सर्वोकृष्ट खेलाडी

प्रदेश २ मनमोहन मेमोरियल यू १६ राष्ट्रिय क्रिकेट च्याम्पियन, सुवास सर्वोकृष्ट खेलाडी

काठमाडौं– प्रदेश २ ले मनमोहन मेमोरियल यू १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सुदूरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै प्रदेश २ च्याम्पियन बनेको हो ।प्रदेश २ ले उपाधिसहित २ लाख ५० हजार रुपैयाँ र सोही रकम बराबरको ब्याट,बल किट,लगायतको खेलकुद सामग्री प्राप्त गर्यो । सुदरपश्चिमले १ लाख २५ हजार र सोही बराबरको खेलकुद सामग्री प्राप्त गर्यो ।

१ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश दुईले २६.३ ओभरमा ६ विकेट गमाउँदै पुरा गर्यो । प्रदेश २ को सहज जितमा ओपनर रोहन विकले ३६ नको महत्वपूर्ण योगदान दिए । सातौं ओभरको पाचौं बलमा रन आउट हुनु अघि विकले २१ बलमा समान ३ चौका र छक्का प्रहार गरे । त्यस्तै शेख इमरानले १४ रन बनाए । यी दुई ओपनरले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गर्दै सहज जित तर्फ लम्काएका थिए । तर मिडिल अडरमा निरन्तर विकेट गुम्दा कुनै समय प्रदेश २ कमजोर अवस्थामा पुगेको थियो ।

विशाल पटेल र निखिल सिंहले छैटौं विकेटका लागि ४१ रनको साझेदारी गरेपछि प्रदेश २ को जित पक्का बनेको थियो । निखिल सिंह २७ रनमा आउट हुँदा पटेल २८ रनमा अविजित रहे । अन्य ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न सकेनन् । सुदूरपश्चिमका आषिश भट्टले ३,सचिन बदायाक र गोविन्द बिष्टले समान १ विकेट लिए त्यस अघि टस जितेर पहिला ब्याटिङ लिएका थिए ।

त्यस अघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको सुदूरपश्चिम निर्धा्रित ३० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो । उनका लागि सुवाश ऐरले ४७ रनको योगदान दिए । उनले ५४ बलमा ७ चौका प्रहार गरेका थिए ।
त्यस्तै सन्दीप बिष्ट २८,आषिश भट्ट २१,गोविन्द बिष्टले १४ रनको योगदान दिए । अन्यको प्रर्दशन भने राम्रो रनहन सकेन । प्रदेश २ का लागि निखिल सिंह र विशाल पटेलले समान ३ विकेट लिए । त्यस्तै प्रसान्त सिंह अरबाज अन्सारीको नाममा १ विकेट रह्यो ।

। प्रतियोगिताको उत्कृष्ट खेलाडी सुदूरपश्चिमका कप्तान सुवास ऐर घोषित भए । त्यस्तै वेष्ट बलर प्रदेश नम्बर तीनका दिपक बोहोरा चुनिए । उनले प्रतियोगिता भर ८ विकेट लिएका थिए । बेष्ट ब्याट्सम्यान प्रदेश ३ का आईश भट्टाई घोषित भए । उदयमान खेलाडी प्रदेश नम्बर तीनका स्पिनर भार्गव चटौट चुनिए । वैशाख १८ गतेबाट सुरु भएको प्रतियोगितमा ७ प्रदेशको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर