सुमन श्रेष्ठ, अमरदह
प्रदेश स्तरीय तेस्रो अमरदह ढल्के जोवन गोल्डकपमा इटहरी भेट्रान अघिल्लो चरणमा उक्लिएको छ । मंगलबारको खेलमा पथरी भेट्रानलाई ३–२ गोल अन्तरले पराजित गर्दै इटहरी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
निकै रोमाञ्चक रुपमा भएको खेलमा इटहरी भेट्रानका तर्फबाट जर्सी नं. १० का तिर्थ बस्नेतले २ गोल र जर्सी नं. ११ का लिले मगरले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच पनि तिर्थ बस्नेत घोषित भए । उनले नगद २ हजार र मेडल पाए । पथरीका तर्फबाट पहिलो हफमा नै जर्सी नं. ७ का चन्द्रकुमार गिरीले र जर्सी नं. २ का दिपक राईले १÷१ गोल गरेका थिए । तर दोस्रो हाफमा भने पथरीले आफ्नो नतिजा बाचाइ राख्न सकेन र खेलबाट बाहिरियो ।
बैशाख २१ देखि सुरु भएको खलमा पहिलो चरणका खेलहरु भइरहेका छन् । मंगलबार सम्म ४ वटा खेल सकिएका छन् । हाल सम्म संखुवासभा भेट्रान, उर्लाबारी भेट्रान, पूर्वाञ्चल भेट्रान र इटहरी भेट्रानले क्वाटरफाइनलको यात्रा तय गरेका छन् । प्रदेश १ को यो सबैभन्दा ठुलो धन रासीको भेट्रान गोल्डकप हो । यसको बिजेताले २ लाख ११ हजार, उप बिजेताले १ लाख ५१ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् ।
बुधबारको खेल सि.भि.सी चन्द्रगढी र विराटचोक भेट्रान बिच हुने छ ।