झापामा नहरको ड्याममा डुबेर ७० बर्षीया बृद्धाको मृत्यु

झापामा नहरको ड्याममा डुबेर ७० बर्षीया बृद्धाको मृत्यु

झापा–झापाको कन्काई सिँचाई आयोजना नहरको ड्याममा डुबेर कमल गाउँपालिका ४ की ७० बर्षीया दीपामाया गौतको मृत्यु भएको छ । आज बिहान ७ बजेको समयमा झापाको शिवसताक्षी नगरपालिका १० दोमुखामा रहेको उक्त नहरको ड्याममा एक बृद्धा डुबेर मृत अवस्थामा रहेको भन्ने स्थानीयवासीले दिएको सूचना पश्चात ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शव बाहिर निकाली आवश्यक कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागि मेची अंचल अस्पताल भद्रपुर पठाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: