धनकुटा–धनकुटाको शहीदभूमि गाउँपालिका ७ देउरालीमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका ७ देउराली कै ट्याक्टरका सह चालक २२ वर्षीय ओमबहादुर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार बेलुका शहीदभूमि गाउँपालिका ७ देउरालीबाट महालक्ष्मी नगरपालिका ४ चानुवा जाँदै गरेको को १ त ३०७० नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटना भएको ट्याक्टरका चालक ठेगाना नखुलेको जीवन परियार फरार रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।
![धनकुटामा ट्याक्टर पल्टिँदा सह चालकको मृत्यु](https://i0.wp.com/pradeshdainik.com/wp-content/uploads/2019/05/Tractor-Accident.png?fit=218%2C150&ssl=1)