ढल्के जोवन गोल्डकपमा बिराट स्पोटर्स बाहिरीयो, दमक ५–० ले बिजयी

ढल्के जोवन गोल्डकपमा बिराट स्पोटर्स बाहिरीयो, दमक ५–० ले बिजयी

पथरी, अमरदहमा जारी प्रदेश स्तरीय तेस्रो अमरदह ढल्के जोवन गोल्डकपमा सोमबारको खेलमा पूर्वाञ्चल भेट्रान दमक बिजयी भएको छ । बिराट स्पोटर्स एकेडेमी बिराटनगरलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै दमकले आफ्नो बिजयी यात्रा अगाडी बढाएको हो ।

मंगलबारको खेलमा पूर्वाञ्चल भेट्रानका जर्सी नं. ४ का खेलाडी प्रमेश कटुवाल म्यान अफ द म्याच घोषित भए । उनले अफ्नो टिमका लागि २ गोल गरेका थिए । कटुवालले नगद २ हजार र मेडल प्राप्त गरे ।

बैशाख २१ देखि सुरु भएको खलमा पहिलो चरणका खेलहरु भइरहेका छन् । मंगलबार सम्म ३ वटा खेल सकिएका छन् । हाल सम्म संखुवासभा भेट्रान, उर्लाबारी भेट्रान र पूर्वाञ्चल भेट्रानले क्वाटरफाइनलको यात्रा तय गरेका छन् । बुधबारको खेल इटहरी भेट्रान सुनसरी र पथरी भेट्रान मोरङ बिच हुने आयोजकले जनाएको छ । प्रदेश १ को यो सबैभन्दा ठुलो धन रासीको भेट्रान गोल्डकप हो । यसको बिजेताले २ लाख ११ हजार, उप बिजेताले १ लाख ५१ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् ।


सम्बन्धित खवर