खोटाङमा हालसम्म सत्र हजारले गरे स्वास्थ्य बिमा

खोटाङमा हालसम्म सत्र हजारले गरे स्वास्थ्य बिमा

खोटाङ–खोटाङमा स्वास्थ्य बिमा गर्ने नागरिकको संख्या १७ हजार नाघेको छ । २०७४ साल पुस २४ गतेदेखि स्वास्थ्य बिमा सुरु गरिएको यस जिल्लामा २०७६ वैशाख १३ गतेसम्म १७ हजार ४ सय ५१ जनाले बिमा गरेको स्वास्थ्य बीमा बोर्ड खोटाङका संयोजक सन्तोष दाहालले जानकारी दिए ।

उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवन रक्षाका लागि सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमबापतको सेवासुविधा प्राप्तिका लागि जिल्लाका १० वटै स्थानीय तहमा स्वास्थ्य बिमा दर्ता कार्यक्रम अघि बढाइएको छ ।
जिल्लाको ऐंसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल खोटाङ, जिल्ला अस्पताल उदयपुर, जिल्ला अस्पताल ओखलढुंगा, जिल्ला अस्पताल सोलुखुम्बु, धरान, विराटनगर, काठमाडौं, भक्तपुरलगायत ठाउँमा रहेका सरकारी अस्पतालबाट बिमाको सर्तअनुसार स्वास्थ्य उपचार सेवा लिन पाउनेगरी स्वास्थ्य बिमा दर्ता भइरहेको छ ।

हरेक वडामा नियुक्त स्वास्थ्य बिमा दर्ता सहयोगीले नाम दर्ता र परिचयपत्र वितरणको काम गरिरहेका छन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु, काठमाडौंअन्तर्गत कात्तिकदेखि पुससम्म नाम दर्ता भएका नागरिकको स्वास्थ्य बिमा फागुन १ बाट, माघदेखि चैतसम्म नाम दर्ता गरेका नागरिकको बिमा जेठ १ बाट, वैशाखदेखि असारसम्म नाम दर्ता गरेका नागरिकको भदौ १ बाट र साउनदेखि असोजसम्म नाम दर्ता गरेका नागरिकको बिमा मंसिर १ गतेबाट लागू हुने जनाइएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: