सुन्दरहरैँचामा बसको ठक्करबाट मोटरसाईकल चालककको मृत्यु

सुन्दरहरैँचामा बसको ठक्करबाट मोटरसाईकल चालककको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका ८ सलकपुरमा बसको ठक्करबाट आइतवार मोटरसाईकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अपरान्ह सवा ५ बजे पश्चिम तर्फ जाँदै गरेको को १ ख २१४२ नम्बरको बसले बिपरित दिशा तर्फ आउँदै गरेको मे १० प ६२११ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाईकलमा सवार झापा मेचीनगर नगरपालिका २ बस्ने बर्ष २६ को जीवन राई गम्भीर घाइते भई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा साँझ ६ः२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बस, बस चालक र मोटरसाईकललाई प्रहरी चौकी गछियाको नियन्त्रणमा राखिएको छ ।

सम्बन्धित खवर