बिराटनगर बन्द, मोटरसाइकल समेत कुदाउन रोक

बिराटनगर बन्द, मोटरसाइकल समेत कुदाउन रोक

बिराटनगरमा सोमबार बिहानै देखि चोक चोकमा तार बानेर सडक अबरोध गरिएको छ । बिराटनगरको कन्चंबारी , घास चोक लगायतका स्थानमा सडक अबरोध गरिएको छ । बिराटनगर बसपार्कबाट पनि लामो दुरीका बस चल्न बन्द गरिएको छ ।

त्यसैगरी शैक्षिक संस्था पनि प्राय बन्द रहेका छन् । बजार आंशिकरुपमा बन्द रहेको छ । बिराटनगरमा केहि स्थानमा मोटरसाइकल समेत बन्द गरिएको छ ।

बिराटनगरलाई प्रदेश नम्बर १ को राजधानी घोषणा गर्न र सबै कार्यालय बिराटनगर मै राख्न बन्द आवहान गरिएको हो । बन्दले बिहानैदेखि जनजीवन प्रभावित बनेको छ ।
ओबीबाट

सम्बन्धित खवर