ढल्के जोवन गोल्डकपमा उर्लाबारी बिजयी

ढल्के जोवन गोल्डकपमा उर्लाबारी बिजयी

सुमन श्रेष्ठ, अमरदह

प्रदेश स्तरीय तेस्रो अमरदह ढल्के जोवन गोल्डकपको आइतबारको खेलमा उर्लाबारी भेट्रान बिजयी भएको छ । आइतबारको खेलमा बिर्तामोड भेट्रानलाई ४–० गोल अन्तरले पाखा लगाउदै उर्लाबारीले बिजयी यात्रा सुरु गरेको हो ।

खेलको २९ औँ मिनेटमा उर्लाबारीका जर्सी नं. १० का अनिल गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको सुरु देखि नै दवावमा राखेको उर्लाबारीले दोस्रो हाफको २० औँ मिनेटमा पूनः अर्को गोल थप्यो । जर्सी नं. १४ का बुद्ध जेम्जोङले उर्लाबरीका लागि दोस्रो गोल गरेका थिए । २४ आँै मिनेटमा पूनः अनिल गुरुङले गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाए । खेलको समय सकिनै लाग्दा ३३ औँ मिनेटमा उर्लाबारीका जर्सी नं. २ का खेलाडी बिकेन्द्र लिम्बुले पूनः गोल गरेर टिमलाई ४–० को फराकिलो अन्तरले जित दिलाए ।

खेल अवधीभर दवावमा रहेको विर्तामोडले पनि निकै राम्रा अवसरहरु पाएको थियो । तर अवसरलाई गोलमा परिणत गर्न नसक्दा बिर्तामोड हार व्यहोर्दै खेलबाट बाहिरिएको छ । आइतबारको खेलमा म्यान अफ द म्याच उर्लाबारीका अनिल गुरुङ घोषित भए । उनले नगद २ हजार र मेडल प्राप्त गरे । गुरुङ नेपालको राष्ट्रिय टिमका पूर्व कप्तान समेत हुन् । भोली सोमबारको खेल बिराट स्पोर्टस एकेडेमी बिराटनगर र पूर्वाञ्चल भेट्रान दमक बिच हुने आयोजक ढल्के जोवन युवा क्लवले जनाएको छ ।


सम्बन्धित खवर