सरस्वतीलाई पराजित गर्दै च्यासल चन्द्रागिरी गोल्डकप च्याम्पियन

सरस्वतीलाई पराजित गर्दै च्यासल चन्द्रागिरी गोल्डकप च्याम्पियन

भ्याली च्यासल युथ क्लब दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको चयाम्पियन बनेको छ ।

चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा आइतबार भएको फाइनलमा च्यासलले ‘ए’ डिभिजन प्रतिद्धन्द्धी सरस्वती युवा क्लबलाई २–० ले पराजित गर्दै च्याम्पियन बनेको हो । च्यासललाई च्याम्पिउन बनाउन वैकल्पिक खेलाडी म्याक्सवेल एलोन र जुनियरले गरे । म्याक्सवेल दोस्रो हाफको सुरुमै अर्मान्डको स्थानमा मैदानमा प्रवेश गरेका थिए ।
निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि च्यासलले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । ५५औं मिनेटमा म्याक्सवेलले हेडमार्फत सुन्दर गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाए । ७१औं मिनेटमा जुनियरले गोल गर्दै च्यासललाई च्याम्पियन बनाए ।

६३औं मिनेटमा सरस्वती १० खेलाडीमा समेटियो । विशाल मगर दोहोरो पहँेलो कार्ड खादै मैदान बाट बाहिरिएपछि सरस्वती समस्यामा परेको थियो । त्यसपछि थप गोल हुन सकेन ।
च्याम्पियन बनेसँगै च्यासलले ६ लाख रुपैया पायो । दोस्रो भएको सरस्वतीले ३ लाख रुपैया पायो । प्रतियोगिताको विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट, आयोजक दीपशिखा युवा समूहका अध्यक्ष रवि बुढाथोकी र प्रतियोगिता संयोजक रमेश बुढाथोकी, मुख्य प्रायोजक रोज बहिनी सिर्जनशील समूहका अध्यक्ष लगायतले पुरस्कृत गरे । १५ बैशाखबाट शुरु भएको प्रतियोगितामा आयोजक दीपशिखा युवा समुहसहित विभिन्न ८ टोलीको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर