प्रदेश स्तरीय ढल्के जोवनको उद्घाटन खेलमा संखुवासभा भेट्रान विजयी

प्रदेश स्तरीय ढल्के जोवनको उद्घाटन खेलमा संखुवासभा भेट्रान विजयी

पथरी, प्रदेश १ स्तरीय तेस्रो अमरदह ढल्के जोवन गोल्डकपको उद्घाटन खेलमा संखुवासभा भेट्रान विजयी भएको छ । मोरङको सुनवर्षी २ अमरदहमा जारी खेलमा आयोजकको बि टिमलाई ०–३ गोल अन्तरले पराजित गरेको हो ।

शनिवार देखि सुरु खेलमा पहिलो खेलका लागि आयोजक ढल्के जोवन युवा क्लवको बि टिम र संखुवासभाको ह्याङथुम क्लव मादी बिच प्रतिस्प्रदा भएको हो । अपरान्ह ४ः३६ मा सुरु भएको खेलमा खेलको १० औँ मिनेटमा नै संखुवासभाका जर्सी नं. १४ का प्रेम घिमिरेले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको २४ औँ मिनेटमा फेरी ११ नं. जर्सीका सतिस केसीले गोल गर्दै नतिजा दोब्बर बनाए । त्यसपछि तातेका खेलाडीहरु एकले अर्कोलाई गोल गर्ने तरखरमा थिए । संखुवासभाका गोल रक्षकले आयोजकका डिफेन्सलाई डि बक्समा लडाएपछि आयोजकले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्र्दै ११ नं. जर्सीका वुद्धहाङ राईले आफ्नो टिमलाई गोलको खाता खोले । खेलको दोस्रो हाफको १८ औँ मिनेटमा पूनः संखुवासभाका सतिस के.सीले आर्को गोल थपेपछि खेल ३–१ को अवस्थामा पुग्यो ।

खेल अवधिभर निकै राम्रा अवसरहरु गुमाएको आयोजकको बि टिम ३–१ गोल अन्तरले पराजित भएपछि खेलबाट बाहिरिएको छ । शनिवारको खेलको म्यान अफ दी म्याच पहिलो गोलकर्ता प्रेम घिमिरे घोषित भए । उनले नगद २ हजार र मेडल प्राप्त गरेका छन् । आइतबारको खेल राष्ट्रिय टिमको कप्तानी समेत सम्हालेका अनिल गुरुङको टिम उर्लाबारी मोरङ र राष्ट्रिय टिमले भरिएको टिम विर्तामोड भेट्रान झापा बिच हुने अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो ।

गोल्डकपमा सहभागी हुने दर्शकहरु मध्येबाट १ जना भाग्यशाली बिजेताले बम्पर उपहारमा १५० सिसिको पल्सर बाइक पनि पाउने भएका छन् । बिजेताको घोषणा गोल्डकपको फाइनलका दिन गोला प्रथाबाट गरिने आयोजकले जनाएको छ । लक्कि ड्र मा सहभागिताका लागि रु १ हजारको टिकट राखिएको सचिव विनोद कुमार राजवंशीले जानकारी दिनुभयो । गोल्डकप हेर्नका लागि भने टिकट लाग्ने छैन् । लक्कि ड्र का लागि मात्रै टिकटको व्यवस्थापन गरिएको राजवंशीले बताउनुभयो ।

विजेताले २ लाख ११ हजार र उप बिजेताले १ लाख ५१ हजार ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन् । खेलको उद्घाटन पूर्व सुचना तथा सञ्चार मन्त्री तथा संघीय सांसद डा. मिनेन्द्र रिजालले गर्नुभएको थियो ।

सम्बन्धित खवर