ढल्के जाेवन गाेल्डकप सुरु

ढल्के जाेवन गाेल्डकप सुरु

तेस्राे अमरदह ढल्के जाेवन गाेल्डकप शनिवारबाट सुरु भएकाे छ । एक भव्य कार्यक्रमका बिच पूर्व सुचना तथा सञ्चार मन्त्री तथा संघीय सांसद डा. मिनेन्द्र रिजालले बल हस्तान्तरण गरेर खेलकाे उद्घाटन गर्नु भएकाे छ ।

विभिन्न जातजातिकाे झाँकि सहित अाैपचारिक कार्यक्रमलाई भव्य बनाइएकाे थियाे । दर्शककाे भव्य उपस्थिति रहेकाे विरेन्द्र सार्वजनिक माविकाे मैदानमा खेल सुरु भएकाे छ । पहिलाे खेलमा संखुवासभा भेट्रान र अायाेजक ढल्के जाेवनकाे बि टिम बिच खेल सुरु भएकाे छ ।

१ नं. प्रदेश स्तरीय तेस्राे ढल्के जाेवन गाेल्डकपकाे बिजेताले २ लाख ११ हजार र उप बिजेताले १ लाख ५१ हजार पाउने छन् ।

सम्बन्धित खवर