विश्व प्रेस स्वतन्त्रता दिवशमा पूर्वी मोरङ शाखाको माग गर्ने निर्णय

विश्व प्रेस स्वतन्त्रता दिवशमा पूर्वी मोरङ शाखाको माग गर्ने निर्णय

पथरी, मे ३ विश्व प्रेस स्वतन्त्रता दिवश हरेक वर्ष मनाइदै आइएको छ । यो वर्ष पनि शुक्रबार २६ औँ प्रेस स्वतन्त्रता दिवशका दिन पूर्वी उत्तरी मोरङका पत्रकारहरुले छुट्टै शाखाको माग गर्ने निणर्य गर्दै प्रभात फेरी समेत गरेर मनाएका छन् ।

मोरङको बेलबारीमा आयोजित प्रभात फेरीमा प्रेस माथिको दमन अन्त्य हुनुपर्ने माग गरिएको छ । निर्वाद रुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउनु पर्ने, पत्रकार र पत्रकारिता माथिको अङ्कुश मान्य नहुने वक्ताहरुले बताए । बेलारी नगरपालिकाबाट निस्किएको प्रभात फेरी पश्चिम बसस्टेनमा पुगेर कोण सभामा पणिरत भएको थियो । सभामा पत्रकार महासंघ मोरङका पूर्व सह–सचिव केदार चौहान, वर्तमान सदस्य सरोज नेपाल, पत्रकार भक्तशेर लिम्बू, फिपराज बेघा, प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेत, पथरीशनिश्चरे नगरका सुचना संयोजक भुपेन्द्र तिम्सिना लगाएतले प्रेस स्वतन्त्रताका विषयमा भनाइहरु राखेका थिए ।

प्रभात फेरी सकेर बसेको बैठकले नेपाल पत्रकार महासंघको पूर्वी उत्तरी मोरङ शाखा स्थापनाका लागि पहल गर्ने समेत निर्णय भएको छ । महासंघले विराटनगरलाई मात्रै आफ्नो कार्यक्षेत्र मानेर महानगर बाहिरका पत्रकारहरुलाई सौतेनी व्यवहार गरेको वक्ताहरुले बताए । आगामी बैठकले तदर्थ समिति, कार्यालय रहने स्थान, शाखाको नामाकरण लगाएतका निणर्य गरिने भएको छ । यस अघि नै प्रदेश १ महासंघको सम्मेलनमा लिखित रुपमा प्रदेश संयोजक विक्रम लुइटेललाई शाखाका विषयमा जानकारी गराइएको थियो ।

सम्बन्धित खवर