आर्मी मेची नेत्रालय गोल्डकपको फाइनलमा, उपाधिका लागि नेपाल पुलिस क्लब सँग भिड्ने

आर्मी मेची नेत्रालय गोल्डकपको फाइनलमा, उपाधिका लागि नेपाल पुलिस क्लब सँग भिड्ने

झापा–मेची नेत्रालय गोल्ड कप फुटबल प्रतियोगिताको चौथो संस्करणको उपाधिका लागि दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । झापा काकरभिट्टतको मैदानमा बिहीबार दीप लामाको निर्णायक गोलमा रुस्लान थ्रीस्टार क्लबलाई ३–२ ले हराउँदै आर्मीले पुलिससँगको भेट पक्का गरेको हो । आर्मी तेस्रो पटक मेची नेत्रालय गोल्डकपको फाइनलमा पुगेको हो ।

अघिल्लो दिन पेनाल्टी सुटआउटमा सिएमजी क्लब संकटालाई हराउँदै पुलिस अन्ति २ मा पुगेको थियो । आर्मीको जितमा कप्तान नवयुग श्रैष्ठले २ र दीप लामाले १ गोल गरे । थ्रीस्टारको लागि दुवै गोल विदेशी खेलाडी एलोन म्याक्सवेलले गरेका थिए । सुरुवातबाटै दबाब बनाएको आर्मीले २८ औ मिनेटमा नवयुगको हेडर गोलमार्फत अग्रता लिएको थियो । सुमन अर्यालको क्रस पासमा नवयुगले हेड गरेका थिए । ३९ औ मिनेटमा नवयुगले अर्को गोल गर्दै अन्तरलाई दोब्बर पारे । सुमनकै पासमा उनले दोस्रो गोल गरेका हुन् ।

थ्रीस्टारले पहिलो हाफको इन्जुरी समयमा गोल फर्काएको थियो । अनन्त तामाङको पासमा म्याक्सवेलले गोल गरेका थिए । म्याक्सवेलले ५४ औ मिनेटमा अर्को गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । बराबरीको सात मिनेट नबित्दै दीपले गोल गरे । सेसेहाङ आङ देम्बेको पासमा दीपले गोल गेका हुन् । आर्मीले त्यहि अग्रतालाई जोगाउँदै फाइनल यात्रा तय गर्यो । खेल अवधिभर आर्मीले खेलमा दबाब बनाएको थियो । दुवै टोलीले गोलका थप केहि अवसर पाए तर सदुपयोग गर्न सकेनन् । आर्मीका सेसेहाङले तेस्रो मिनेटमा पेनाल्टी बक्स भित्र पाएको बललाई सदुपयोग गर्न सकेनन् ।

१७ औ मिटमा आर्मीका जितेन्द्र कार्कीले मैदानको मध्यभागबाट गरेको शक्तिशाली प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ४२ औं मिनेटमा अनमार्क रहेका सेसेहाङको प्रहारलाई थ्री स्टारका गोलकिपर एलन न्यौपानेले रोके । ४९ औं मिनेटमा विवेक बस्नेतको क्रसमा नवयुगले गरेको हेडर पोष्ट माथिबाट बाहिरियो ।

१७ औं मिनेटमा थ्री स्टारका म्याक्सवेलको शसक्त प्रहार पोष्टमा लागेर फर्कियो । २७ औ मिनेटमा बिदेशी खेलाडी मन्साको हेडर फितलो हुँदा आर्मीका गोलरक्षक विवश चौधरीले नियन्त्रणमा लिए । ३२ औं मिनेटमा आर्मीका गोलरक्षक विवश विट बीट भइसकेको अवस्थामा सुशिल राईले गरेको हेडरलाई दिपक गुरुङले गोललाइनबाट जोगाए । ८७ औ मिनेटमा थ्रीस्टारको शक्तिशाली प्रहार बारमा लागेर बाहिरियो ।

त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बीच फाइनल खेल शनिवार हुनेछ । म्यान अफ दी म्याच नवयुग श्रेष्ठले ११ हजार रुपैयाँ प्राप्त गरे । जारी सिजनमा आर्मीले ८ औ राष्ट्रिय खेलकुदमा स्वर्ण, विशाल मेमोरियल गोल्डकप, मदन भण्डारी गोल्डकप र झापा गोल्डकपको उपाधि जितेको छ ।

सम्बन्धित खवर