माओवादीद्वारा बैशाख २३ गते नेपाल बन्दको घोषणा

माओवादीद्वारा बैशाख २३ गते नेपाल बन्दको घोषणा

मोरङ, नेपाल कम्युनिष्ट पार्टी माओवादीले नेपाल बन्दको घोषणा गरेको छ । माओवादीले मुलुकमा महँगी, भ्रष्टाचार र चरम बेथिति बढेको भन्दै बैशाख २३ गते नेपाल बन्दको घोषणा गरेको हो ।

पार्टीका अध्यक्ष कमरेड नेपालको नाम उल्लेख गरेर जारी गरिएको विज्ञप्तिमा सरकारमा रहेको दलका नेताहरुले विगतमा आफूले गरेका क्रियाकलाप र आफू आएको स्थान भुलेर सच्चा कम्युनिष्ट राजनीतिक शक्तिलाई पन्छाइएको, राष्ट्रलाई सिक्किमीकरणको दिशामा धकेलेको, दिल्लीको निर्देशनमा चलेको, राष्ट्रिय सम्पदा विदशेीलाई सुम्पिएको, भूमाफियासँग मिलेर सरकार जग्गा कब्जा गरेको लगायतका आरोप लगाइएको छ ।
मिडिया डबलीबाट


सम्बन्धित खवर