विराटचोकमा पनि रेड कार्पेटको तेस्रो शाखा खुल्यो

विराटचोकमा पनि रेड कार्पेटको तेस्रो शाखा खुल्यो

पथरी, रेड कार्पेट युनिसेक्स सैलुनले आफ्नो तेस्रो शाखा विराटचोकमा उद्घाटन गरेको छ । मोरङको सुन्दरहरैचास्थित बुधबारेमा विहिबार एक कार्यक्रमका बिच रेड कार्पेटको तेस्रो शाखा नेपाली कांग्रेसका महासमिति सदस्य ललितबहादुर श्रेष्ठले रिवन काटेर विधिवत रुपमा उद्घाटन गरे ।

श्रेष्ठले व्यपार व्यवसायका लागि उदाउंदो नगरको रुपमा परिचित सुन्दरहरैँचाको बुधबारेमा संचालनमा आएको आर्कषक रेड कार्पेटले सेवा सुविधा प्रदान गरि व्यवसायलाई समेत ध्यानमा राखेर नगरको विकासमा समेत टेवा पुर्याउने बताए ।

धरानमा मुख्य कार्यालय रहेको रेड कार्पेटको इटहरीमा दोस्रो शाखा रहेको छ । दुइवटा शाखाको सफलता पछि विराटचोकमा तेस्रो शाखा खोलिएको ब्रान्च मेनेजर मुकेश ठाकुरले बताए ।

सैलुनमा लेडिज जेन्स दुवैको लागि सुविधा रहेकोले ५ जानलाई रोजगारी समेत प्रदान गरिएको सञ्चालक मध्येका एक टंकबहादुर एक्चाई मगरले बताए । तालिम प्राप्त हेयर डे«सर तथा व्युटीसियनद्वारा सेवा प्रदान गरिने सो सैलुनमा लेडिज तथा जेन्स दुवैका लागि सैलुन सम्बन्धि विभिन्न कोर्षका तालिमको समेत व्यवस्था रहेको संचालक मध्येका एक सचिन रैका मगरले बताए । उनले व्यापार व्यवसायलाई ध्यानमा राखेर स्वदेशमै आत्मानिर्भर बन्दै केहि राम्रो काम गर्ने सोचले सियु क्याफे एण्ड रेस्टुरेन्टको साथमा रेड कार्पेट युनि सेक्स सैलुन समेत संचालनमा ल्याएको बताए ।


सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: